नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाइयो


 


काठमाडौँ, जेठ ९
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई बिहीबार नागरिकताको सक्कल प्रतिसहित बालुवाटारमा उपस्थित हुन सूचित गरिएको छ ।दिउँसो ४ बजे तय गरिएको कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त सम्बोधन गर्ने भएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलवार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको बुझिएको छ ।

नेकपाको केन्द्रीय कमिटीको बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बाएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्