संयुक्तरुपमा कार्यक्रम गर्न प्रेस चौतारीको निर्देशन


 


काठमाडौँ, जेठ ९

प्रेस चौतारी नेपालको सचिवालय बैठकले एकताको भावनालाई देशैभर फैलाउन मातहतका कमिटीलाई प्रेस सेन्टर नेपालसँग समन्वय गर्न र संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

आज बसेको उक्त बैठकले दुई ठूला कम्युनिष्ट गठबन्धनबीच हालै भएको एकताको स्वागत गर्दै एकतालाई बल पुग्ने गरी सबै जनवर्गीय संगठनले संयुक्त रुपमा कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न तल्लो तहदेखि नै एकताको भावना र सकारात्मक सन्देश प्रवाह गर्न संगठन आबद्ध सञ्चारकर्मीलाई निर्देशन पनि दिनुभएको छ । रासस

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्