हनिमुन मनाउन खप्तड जाने जोडीलाई पुरस्कार


 


अछाम, जेठ ९
खप्तडमा हनिमुन मनाउन जाने जोडीलाई पुरस्कार दिने घोषणा गरिएको छ ।

धर्तीकै स्वर्ग भनेर चिनिने पर्यटकीय क्षेत्र खप्तडको प्रचार–प्रसारका लागि अछामको साँफेबगर नगरपालिकाले हनिमुन मनाउन जाने नवविवाहित जोडीका लागि पुरस्कार घोषणा गरेको हो ।

खप्तड घुमेर फर्किएको पर्यटकको एक टोलीसंग अन्तरक्रियाका क्रममा नगरप्रमुख कुलबहादुर कुँवरले पुरस्कार प्याकेज सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्