नदीमा नुहाउनेक्रममा भारतमा तीन नेपालीको मृत्यु
मुम्बई, जेठ ९
भारतको ठाणेको खडवली भन्ने ठाउँमा रहेको भातसा नदीमा नुहाउनेक्रममा तीन नेपालीको मृत्यु भएको छ ।
अछाम जमालगाउँ घर भर्इ हाल महाराष्ट्रको ठाणे जिल्ला अन्तर्गत सिपि तलाउमा लामो समयदेखि बसोबास गर्दै आएका रोशनसिंह जनाला, सोही ठाउँका राजेश टमट्टा र सुरज सुनारको डुबेर मृत्यु भएको हो ।
गत आइतबार पिकनिकका लागि त्यसतर्फ गएका थिए । नुहाउनेक्रममा उनीहरु नदीको बेगको चपेटामा परेर बगेका राष्ट्रबादी विकासशिल अभियान नेपाल भारत समितिले जनाएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार