फेरि बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


 


काठमाडौं, जेठ ९
बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूख्य यसअघि दुई दिनसम्म स्थिर रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्