सुन तस्करीका मुख्य नाइके ‘गोरे’ सार्वजनिक, आजै विराटनगर लगिने


 


काठमाडौं, जेठ ८
सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालय अन्तर्गत बनेको समितिले आज विहान पक्राउ गरि आज सार्वजनिक गरेको हो । उनलार्इ प्रहरीको विशेष टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको दाबी गरेको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए। गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले अझै केही व्यक्तिहरुको खोजी गरिरहेको छ ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो।

 

सम्बन्धित समाचार:

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ, केहीछिनमा सार्वजनिक गर्ने

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्