विषाक्त खानाले एकै गाउँका ८७ जना विरामी


 


चीन, जेठ ८

चीनको दक्षिणपश्चिमी उशान काउन्टीको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना विरामी परेका सोमबार स्थानीय अधिकारीले बताएका छन् ।

आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो ।

स्थानीय समय अनुसार सोमबार विहान ११ बजेसम्ममा ३५ जनालाई उपचारपछि घर पठाइएको छ भने ५२ जनाले अझै अस्पतालमा भर्ना भै उपचार सेवा लिइरहेका छन् । अस्पतालमा उपचाररत सबैजना खतरामुक्त रहेको जनाइएको छ ।

उशानको सुरक्षा प्रशासनले उक्त घटनामा दोषी भनी आरोपित केही व्यक्तिलाई हिरासतमा लिएको छ भने विरामीहरूले प्रयोग गरेको तयारी खानाको नमूना परीक्षणका लागि ल्यावमा पठाइएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्