केन्द्रीय समितिको मनोनयन सूची सच्याउन रावलको माग, दिए यस्तो चेतावनी


 


काठमाडौं, जेठ ७
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सात नम्बर प्रदेशबाट केन्द्रीय समितिको मनोनय सूची सच्याउन नेतृत्वलाई आग्रह गरेका छन् ।

हाइकमाण्डमा नपरेपछि असन्तुष्ट रावलले तत्कालिन एमालेबाट बरिष्ता र योग्यलाई मिचेर कसैले नचिनेका र पार्टीमा खासै प्रभुत्व नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आपत्ति जनाएका हुन् ।

रावलले आइतबार अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर यस्तो असन्तुष्टि पोखेका हुन्।

तत्कालिन एमालेबाट केन्द्रीय सदस्यबाट ४५ जनाका सूचीमा ७ नम्बर प्रदेशबाट भानुभक्त जोशी, दयालबहादुर शाही, लीला भण्डारी र गौरी ओलीको नाम समावेश छ।

रावल तत्कालीन नेकपा एमालेको उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक थिए। उनले रावलले राजेन्द्रसिंह रावल, गोविन्द कलौनी, दिनेशचन्द्र सुवेदी, हर्कबहादुर सिंह, माया भट्ट, दामोदर भण्डारीलगायतको नाम सिफारिस गरेको बुझिाएको छ ।

उनले मनोनित केन्द्रीय सदस्यहरुको सूची नसच्याए तल्लो तहमा भेला आयोजना गर्ने चेतावनी नेतृत्वलाई दिएका छन् ।
रावलले आजै मध्याह्न काठमाडौंको सिनामंगलमा प्रदेशका सांसदहरुसँग छलफल आयोजना गरेका छन्।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्