राप्रपाको केन्द्रीय परिषद् बैठक आजदेखि वीरगञ्जमा


 


काठमाण्डौ, जेठ ७
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद् बैठक आजबाट वीरगञ्जमा शुरु हुँदैछ । जेठ ७ गतेबाट तीन दिनसम्म चल्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार बैठकमा विभिन्न ५ वटा प्रतिबेदनहरू पेश हुनेछन् । पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन ,प्रवक्ता भुवन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य डा।विष्णु भण्डारीले निर्वाचन समीक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खँनियाले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

देशभरबाट प्रतिनिधिहरू वीरगञ्ज आईसकेको र करिब ६ सय ५० प्रतिनिधिहरूको सहभागिता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्