वडाध्यक्षको घरमा बम विष्फोट, दुर्इ जना घाइते


 


झापा, जेठ ७
झापाको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौड्यालको घरमा आइतबार राति बम विष्फोट भएको छ । अज्ञात समूहको बम विष्फोट दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५ सय मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरि शक्तिशाली विष्फोट गराएका हुन् ।

राति पौने ९ बजे भएको विष्फोटमा बमको छर्रा लागेर तिलोचन पोखरेल र सेमु राई घाइते भएका छन । हात, खुट्टामा चोट लागेका उनीहरुको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्