आज संघीय सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’


 


काठमाडौं, जेठ ७
संघीय सरकारले आज पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुर्‍याउने लक्ष्यसहित नीति तथा कार्यक्रम सोमबार ल्याउने भएको छ। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य ६.९ प्रतिशत छ ।

सरकारले नयाँ नीति तथा कार्यक्रम स्वीकृत गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सोमबार सार्वजनिक गर्न लागेकी हुन् । नीति तथा कार्यक्रममा सरकारका सबै क्षेत्रमा उत्पादन अत्यधिक बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

नेपालीलाई कम विकसितबाट मध्यमस्तरको आयमा पुर्‍याउने लक्ष्य राखिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकका रूपमा अघि बढाउँदै देशभर लोडसेडिङ अन्त्य गरी विद्युत्मा आत्मनिर्भर हुनेतर्फ ठोस कदम चाल्ने योजना समेटिएको छ ।

ज्येष्ठ नागरिक, दलित, लोपोन्मुख, विपन्न, सीमान्तकृत, लक्षित तथा जोखिममा रहेकाका लागि सुरक्षित, किफायती र वातावरणमैत्री आवासको पहुँच सुनिश्चित गरिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्