काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न जनताको आदेशः डा शेखर


 


सिन्धुपाल्चोक ६ जेठ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उहाँले राजनीति गर्दा नेताको नैतिकताको अहम् भूमिका हुनुपर्ने भन्दै तीन तहको निर्वाचन गराएको जस लिन सक्नेले पराजयको जिम्मा पनि पार्टी हाँक्ने सभापतिले लिन सक्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको क्षेत्र निर्धारण गर्ने समयमा सभापतिले चासो नदिँदा त्यतिबेला नै पार्टी चुकेको भन्दै वाम एकता मिलेर पार्टीले हारेको नेतृत्वको भनाइसँग आफू सहमत हुन नसकी संगठन कमजोर भएकाले हार व्यहोर्नुपरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीका नेता परिवारवाद, आफन्तवाद, कृपावादबाट बाहिर निस्कन नसकेको आरोप लगाउँदै सही व्यक्तिलाई टिकट नदिँदा निर्वाचनमा हार भएको बताउनुभयो ।

नेताहरु वृद्ध भइसकेकाले पार्टी चल्न नसक्ने हुँदा युवाशक्तिलाई अगाडि बढाउनुपर्ने तर्क गर्दै नेता भण्डारीले अब पनि वृद्ध नेताहरुले नछाडे आगामी निर्वाचनमा शून्यता हात पर्ने आशंका व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्