फेरि बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


 


काठमाडौं, जेठ ६
केही दिन ओरालो लागेको सुनचाँदीको मूल्य आज फेरि उकालो लागेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्