सासु बेच्ने बुहारी !
काठमाडौं, भदौ ३०
भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ । प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ ।
परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन् । साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइीदने भन्दै परियारले आफ्नै सासूआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो पनि पढ्नुहोस्
प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार