उर्लाबारी ४ का सात वडा सडकमा कालोपत्रे सम्पन्न


 


उर्लाबारी, जेठ ५
चालु आर्थीक बर्षमा उर्लाबारी नगरपालिका वडा नं.–४ मा सातवटा सडकहरुमा कालोपत्रे कार्य सम्पन्न गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा ती सडकहरुमा ड्रेन सहितको कालोपत्रे कार्य सम्पन्न गरिएको हो ।

सडकमा कालोपत्रे भएपछि वडाका बासिन्दाहरु लाभान्वित भएका छन् । सडक कालोपत्रेका लागि उर्लाबारी नगरपालिकाको तर्फबाट सहयोग गरेको भन्दै स्थानीय वासिन्दाले आज मेयर खड्ग फागोलाई संम्मान गरेका छन् । ड्रेन तथा सडक कालोपत्रेको हिसाव सार्वजनिक गर्न स्थानीय रामेश्वर शिव मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा मेयर फागोलाई नागरिकको तर्फबाट संम्मान गरिएको हो ।

कार्यक्रममा मेयर फागोले सो अवसरमा उर्लाबारी नगरभित्रका १७ वटा सडकमा कालोपत्रे भइसकेको जानकारी गराउँदैआगामी चार बर्ष भित्र विकास निर्माणका कार्यहरु धेरै प्रतिशत पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उर्लाबारी–४ मा गरिएको ड्रेनसहितको सातवटा सडक कालोपत्रेका लागि नगरपालिकाको ५६ लाख तथा उपभोक्ताको सहित १ करोड २५ लाख ६७ हजार रुपैया“मा योजना पुरा भएको युवा समाजसेवी गोपाल कट्वालले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्