विराटनगरको भारतीय फिल्ड अफिस हट्छ : प्रधानमन्त्री


 


काठमाण्डौ,जेठ ५
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेपिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताउनुभयो ।

१९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उहाँले भन्नुभयो, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’ २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्