एक महिनापछि चीन भ्रमण : प्रधानमन्त्री ओली


 


काठमाडौँ, जेठ ५

प्रधानमन्त्री ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताउनुभयो ।

उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क, बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली काँग्रेस झस्कनु नपर्ने पनि बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी गर्दै भन्नुभयो, “हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौँ । नआत्तिए हुन्छ ।” रासस

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्