मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


 


मोरङ, जेठ ५
मोरङको उर्लाबारी नगरपालिका – १ स्थित भित्री सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

राती १२ बजेको समयमा उर्लाबारी नगरपालिका – १ स्थित कान्छी चौकमा अत्याधिक गतिमा रहेको को २८ प ८३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रूखमा ठोक्किंदा पछाडी सवार सोही ठाउँका २४ वर्षिय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय बालजित सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्