एमाले–माओबादी एकतामाथि बैद्यले लगाए गम्भीर आरोप, दिए यस्तो चुनौति


 


काठमाडौं, जेठ ५
नेकपा माओबादी क्रान्तिकारीका महासचिव एमाले–माओबादी एकता भारतको ईशारामा भएको बताएका छन् ।

ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजसंस्थाको झल्को दिनेगरी भारतको ईशारामा एमाले–माओवादी केन्द्र एक भएको आरोप लगाए ।

उनले माओबादी केन्द्र एकताका नाममा एमालेमा विलय भएकोसमेत बताए । साथै उनले अब एमाले–माओबादी एकताविरुद्ध क्रान्तिकारी धारमा रहेका कम्युनिष्ट पार्टी एक भएर अघि बढ्ने उद्घोष गरेका छन् । क्रान्तिकारी धारमा रहेका कम्युनिष्टबीच एकताको प्रयास पनि भइरहेको बताए ।

बैद्यले नयाँ पार्टीको नामप्रति पनि विरोध जनाएको छ । नेपालमा नेकपा नाम गरेर दुई पार्टी हुँदा हुँदैपनि थप अर्को पार्टीको नाम पनि नेकपा राखेर कम्युनिष्ट इतिहास विरोधी काम भएको बताए ।

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्