रामदेवविरुद्ध विशेष अदालतमा मुद्दा दायर, घुस लिएको आरोप


 


काठमाडौँ, जेठ ४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि रु ३७ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले बिगो असुल गरी चार महिना कैद सजाय माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्