पार्टी एकिकरण भएकोमा पूर्वमा पनि खुशीयाली


 


मोरङ, जेठ ४
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नयाँ पार्टी गठन भएसँगै पूर्वमा दुबै दलका कार्यकर्ताले खुशीयाली मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा हिजो साँझ दीप प्रज्वलन गरिएको छ ।

एकतापछि नेपाल कम्युनिष्ट पार्टी नामकरण भएसँगै खुशीयाली मनाउन एमाले र माओवादीका कार्यकर्ताले प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गर्दै खुशी साटासाट गरेका हुन् । दुवै पार्टीका कार्यकर्ता अब एउटै पार्टी भएपछि भद्रपुर, कचनकवल, हल्दिवारी, बिर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाई, दमक लगायत स्थानमा दीपावली तथा कोणसभा समेत गरिएको छ ।

मोरङको उर्लाबारी, मधुमल्ला, पथरीशनिश्चरे लगायतका क्षेत्रमा पनि दुबै दलका स्थानीय नेता तथा कार्यकर्ताहरु भेला भई दिप प्रज्वलन गरेर पार्टी एकताको खुशीयाली मनाएका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्