अब मोटरसाईकल र स्कुटरमा यसरी लाग्दैछ नयाँ कर


 


काठमाडौं, जेठ ४
सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।

वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।

उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।

यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्