पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत


 


काठमाडौं, जेठ ४
एक दिनअघि बुधबार मात्रै बढेको पेट्रोलिएम पदार्थको मुल्य फेरि बढ्ने संकेत देखिएको छ । पछिल्लो तीन महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि मूल्य बढ्ने संकेत देखाएको हो ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि बजारमा समायोजन नगरेर निगमले मनपरी गरिरहेको आरोप लागेको छ ।
अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकाले लाग्दै गएको छ ।

तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो ।

तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागेको उपभोक्ताको आरोप छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्