नवघोषित पार्टीको नाम किन ‘अन्डरलाइन’ ? यस्तो छ कारण


 


काठमाडौं, जेठ ४
एमाले–माओवादी केन्द्र मिलेर बनेको नवघोषित पार्टी नेकपाको नाममा ‘अन्डरलाइन’ गरिएको छ । पार्टीको नाम मूनि ‘अण्डरलाइन’ गरेर औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ ।

नवघोषित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राख्न खोजिए पनि आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेको पाइएपछि सोही नामको मुनि अन्डरलाइन थप गरी दर्ताका लागि निवेदन दिइएको हो।

यसअघि ऋषिराम कट्टेलको नाममा उक्त नामको पार्टी दर्ता भइसकेको छ । एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था भएकाले यस्तो गरिएको नेताहरुले बताएका छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्