नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा


 


काठमाडौँ, ३ जेठ

नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्बाराहीमा रहने भएको छ ।

पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने  नेकपाका  केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए ।  शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ ।

निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्