रहेनन् अब एमाले र माओवादी !


 


काठमाण्डौ, जेठ ३
एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।

एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् ।

 

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्