सुनको मूल्य थप घट्दै, कतिमा झर्यो आज ?


 


काठमाडौं, जेठ ३
नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज यथावत छ । आज चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा हिजो मात्रै तोलामा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्