सोट्टोको अगुवाईमा खप्तड यात्रामा निस्किए पर्यटन व्यवसायी


 


धनगढी, जेठ ३
पर्यटकीय क्षेत्र खप्तडको प्रचार–प्रसारका लागि पर्यटन व्यवसायीहरूको टोली खप्तड यात्रामा निस्केको छ ।

काठमाडौंबाट आएको पर्यटन व्यवसायीहरूको संस्था सोट्टो नेपालको आयोजनामा आज (विहीबार)देखि व्यवसायीहरु खप्तड यात्रामा निस्किएका हुन् ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहितको १४ सदस्यीय टोलीलाई प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले खप्तड यात्राका लागि विदाई गरे ।

संसद भवनमा आयोजित कार्यक्रममा सभामुख थापाले नेपालको झण्डा हस्तान्तरण गर्दै माला लगाएर खप्तड यात्रीलाई विदाइ गरेका हुन्। उपसभामुख निर्मला बडाल जोशीले व्यवसायीलाई टिका लगाइन् ।

खप्तड यात्रीलाई बिदाई गर्दे सभामुख थापाले पर्यटकीय क्षेत्र खप्तडको पर्याप्त प्रचार–प्रचार प्रसार गरेर पर्यटक भित्र्याउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्