कांग्रेस हाम्रो प्रतिस्पर्धी दल होइन :अध्यक्ष ओली


 


काठमाडौं, जेठ ३

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस अब आफूहरूको प्रतिस्पर्धी नभएको बताउनुभएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा आज बिहान बल्खुमा आयोजित कार्यक्रममा उहाँले एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हो ।’

‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो’, ओलीले भन्नुभयो, ‘कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

ओलीले अधिनायकवाद ल्याउछन् भन्ने भ्रम नपाल्न कांग्रेसलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले आफूहरूको दुई पार्टीको एकता दमन गर्नकालागि नभएको बताउनुभयो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्