एमाले र माओबादीले संयुक्त रुपमा मदन-आश्रित दिवस मनाउँदै (लाईभ)


 


काठमाडौं, जेठ ३
नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २५ वर्ष पुगेको अवसरमा स्मृति दिवस मनाइँदैछ ।

बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालयमा हुने कार्यक्रममा एमाले र माओवादी केन्द्र दुबै पार्टीका शिर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा स्मृति दिवस मनाईदैछ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । स्मृति दिवसकै अवसर पारेर आज दुई पार्टीबीच एकताको घोषणा गरिँदैछ ।

प्रत्यक्ष प्रसारण

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्