फेरि मारिए पत्रकार, जहाँ विश्वमै बढी पत्रकारको हत्या हुन्छ  


 


मेक्सिको सिटी, जेठ ३

मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ ।

मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो ।

जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ ।

यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्