एमाले केन्द्रीय कमिटिको बैठक बस्दै


 


काठमाडौँ, जेठ ३
पार्टी एकताको निर्णय अनुमोदन गर्न नेकपा (एमाले) केन्द्रीय कमिटीको आकस्मिक बैठक आज बस्दैछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्दै पार्टी एकता घोषणा गर्ने निर्णय गर्नका लागि बैठक बोलाईएको जनाईएको छ ।

 

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्