खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार


 


भैरहवा, जेठ ३
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा बुधबार साँझ एक मजदुरमाथि गोली प्रहार भएको छ । अज्ञात समूहको गोली प्रहारबाट कोटहीमाई गाउँपालिका–४ का ४१ वर्षीय रामकेश धवल घाइते भएका छन् ।

साँझ रोटी पकाउने बेलामा रातो रंगको मोटरसाइकल आएका अपरिचित व्यक्तिले पछाडीबाट उनलाई गोली प्रहार गरेको पाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

घाइते धवलको स्थानीय क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको छ । घटनाको प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्