यसरी हुने भयो एमाले माओवादी एकता, हेर्नुहोस् पद भागबण्डा


 


काठमाडौं, जेठ २
होला नहोलाकाबीचबाट अन्तत भोलि (बिहिबार) नेकपा एमाले र एकिकृत नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएको छ ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई फेरि एक पटक सरप्राइज दिने भएका छन्, पार्टी एकता भोलि गर्न लागेर ।

लगभग पार्टी एकता नहुने चर्चाकाबीच आज दुई अध्यक्षले भोलि नै पार्टी एकता हुन लागेको बताइसकेका छन् । जसको पुष्टि उनिहरु निकट नेताहरुले बताइसकेका छन् ।

आज दुई अध्यक्षबीच वान टु वान छलफल भएको थियो । लगत्तै एमाले स्थायी कमिटी बैठकले पनि यो कुरा पुष्टि गरेको छ भने माओवादी केन्द्रको हेडक्वार्टर बैठकले पनि यसको पुष्टि गरेको छ ।

भोलि दुबै पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दैछ, जहाँ पार्टीको केन्द्रीय कमिटी विघटनका साथै नयाँ केन्द्रीय सदस्य चयन हुँदैछन् । भोलि दुबै पार्टी विघटन गरेर नयाँ पार्टी स्थापना हुनेछ ।

जसको नाम यसअघि नै नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भइसकेको छ । यही नाममा निर्वाचन आयोगमा दर्ता भोलि हुँदैछ । साथै सो पार्टीको चुनाव चिन्ह सूर्य रहने भएको छ । जुन, चिन्ह यसअघि नेकपा एमालेको थियो ।

अब नेपाल कम्युनिष्ट पार्टीको आकार ४ सय ४१ सदस्यिय हुनेछ । जसमा एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय सदस्य हुनेछन् ।

एमालेका अहिलेका सबै केन्द्रीय नेताहरु अट्ने छन् भने माओवादीका पनि अधिकांश नेता २ सयको संख्यामा पर्ने देखिन्छ ।

यद्यपी यो संख्यामा माओवादीले केन्द्रीय नेता छान्न निकै समस्या छ । किनकी उसका कति केन्द्रीय सदस्य छन् एकिन छैन् । भन्नका लागि ५ हजारको केन्द्रीय कमिटी रहेको दाबी माओवादीले गर्दे आएको छ ।

नेकपाको स्थायी समिति ४३ सदस्यिय हुने भएको छ । जसमा एमालेका २५ र माओवादीका १८ जना सदस्य हुनेछन् । तत्काल पोलिटब्यूरो नबन्ने भएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्