प्रहरीको गोली लागि १२ को मृत्यु


 


एजेन्सी, भदौ २९

इजिप्टमा आतंकवाद विरोधी कारवाहीका क्रममा सुरक्षाकर्मीको गोली लागेर मेक्सिकन पर्यटकसहित १२ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले संचालन गरेको कारवाही अभियानका क्रममा पश्चिमी शाहाराको वाहट क्षेत्रमा भुलबस मेक्सिकन पर्यटक मारिएको इजिप्टको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्धारा जारी वक्तव्य अनुसार ती पर्यटक सवार ४ वटा बस वाहटको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको थियो । इजिप्टको गृहमन्त्रालयले घटनाबारे छानविन गर्न टोली गठन गरेको बताएको छ ।

सुरक्षाकर्मीको कारवाहीका क्रममा अन्य केही पर्यटक घाईते भएको र उनहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्