एमालेले किन बोलायो आकस्मिक बैठक ?


 


काठमाडौँ, जेठ २

नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरिएको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । बैठक भोली विहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

पछिल्लो समय एमाले–माओवादीबीचको एकीकरणको विषय ओझेलमा परेको चर्चा चलिरहँदा दुवै दल तातिएका छन् । आज ४ बजे एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने ४ बजे नै प्रचण्ड निवास खुमलटारमा माओवादीको केन्द्रीय कार्यालयको आकस्मिक विस्तार बैठक बस्दैछ ।

दुवै दलको बैठकमा पार्टी एकताको प्रगती, दुई अध्यक्षबीच भएका सहमति, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ । खासगरी एकताकै विषयमा बढी कुराकानी हुने नेताहरुले जनाएका छन् ।

आज बिहान मात्र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको थियो ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्