बाजुरामा भेटिएको भनिएको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला, दुई जनाको मृत्यु


 


काठमाडौं, जेठ २
आज विहान सुर्खेतबाट उडेर सम्पर्कविहीन भई बाजुरामा भेटिएको भनिएको मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका दुर्इ जनाको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको बताए । विमानमा अन्य यात्रु नरहेको बताइएको छ ।

सुर्खेतबाट बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । यसअघि विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक क्षेत्रीले विमान बाजुरामा भेटिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्