मकालुको सम्पर्कविहीन विमान बाजुराको बगरमा भेटियो


 


काठमाडौं, जेठ २
अाज विहानै सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान बाजुराको बगरमा भेटिएको छ ।

मकालु एयरको विमान बाजुराको बग्रमा आपतकालिन अवस्थामा ल्याण्ड गरिएको अवस्थामा भेटिएको भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

कार्गो सामान लिएर उडेको विमानमा रहेका चालक दलका दुई सदस्य सकुशल छन् । विमानमा अन्य कोही नरहेको बताइएको छ ।
सम्पर्कविहीन भएको केही समयपछि नै विमान आपतकालीन अवतरण गरिएको बुझिएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्