अधिकार माग्दै प्रदेश नम्बर सातका मुख्यमन्त्री भट्ट काठमाडौंमा


 


काठमाडौं, जेठ १
प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट संविधानअनुसार प्रदेश सरकारले पाउनुपर्ने अधिकार माग्न राजधानी काठमाडौं पुगेका छन् ।

मुख्यमन्त्री भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा पठाउन पहल गर्न माग गर्दै आज खानेपानी मन्त्री बिना मगरलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

खानेपानी मन्त्रालयमा मन्त्री मगरलाई भेट्दै मुख्यमन्त्री भट्टले अधिकार प्रदेशमा पठाउन ढिलाइ भइरहेको बताए । उनले प्रदेश सरकारलाई तत्काल अधिकार नपठाए जनता समेत प्रदेश सरकारको विरोधमा उत्रने बताए ।

विगतका सरकारको प्राथमिकतामा पर्न नसकेको ७ नम्बर प्रदेशको तीव्र विकासका लागि सङ्घीय सरकारमा मन्त्री मगरले पहल गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाई रहेको थियो ।

भेटवार्तामा ७ नम्बर प्रदेशका सीमा समस्या समाधान, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा समेत छलफल छ ।

खानेपानी मन्त्री बिना मगरले सङ्घमा रहने तथा प्रदेश र स्थानीय तहमा जाने बजेट र कार्यक्रमबारे छलफल भइरहेकाले यो विषय चाँडै टुंगिने बताइन् । उनले गहृ प्रदेशका लागि सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्