बेलवारीमा उद्योग दर्ता तथा नविकरण


 


मोरङ, जेठ १
मोरङको बेलबारी नगरपालिकाले सबै वडामा गएर उद्योग दर्ता तथा नविकरण गर्न थालेको छ ।  आजदेखी दर्ता गर्न छुटेका पसलहरुको नगरपालिकाले नविकरण गर्न थालेको हो ।

नबिकरण तथा दर्ता गर्न आउँदा ब्यापार ब्याबसायमा असर पर्ने भएकाले नगरपालिकाले सहयोग गरको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो । चिया पसलदेखी ठुला उद्योगहरु दर्ता गर्न छुटेको र नविकरण गर्न नभ्याएको हुन सक्ने भएकाले टोली परिचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत दाहालले बताउनुभयो ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्