प्रहरी चौकीमा बम बिस्फोट, तीन जना घाइते


 


झापा, भदाै २९

झापाको सुरुङ्गा प्रहरी चौकीमा बम बिस्फोट भएको छ। बम बिस्फोटमा परी दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा देवनारायण यादव र केदार पौडेल छन्।

अर्का एकको पहिचान हुन सकेको छैन।  चौकी नजिककै एक ट्रकमा हिन्दू मोर्चाले बम राखेको सूचना पाएपछि बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो।

बम निस्क्रिय भएको सम्झेर चौकीमा ल्याए पनि बम बिहान सवा ७ बजे पड्किएको डीएसपी भीम दाहालले बताए। उनका अनुसार दमकको एक चर्चमा पनि बम पड्काइएको छ।

सोमबार राति ज्योति चर्चमा बम पड्काइएको उनले बताए। बमले झ्यालका सीसामा क्षति पुगेको छ।

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्