सिलवाल प्रकरणः किर्ते मुद्दामाथि पुनः अनुसन्धान गरिदै


 


काठमाडौं, जेठ १
पूर्वडीआईजी एवं एमाले सांसद नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान अगाडि बढाइने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाईल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको हो । नागरिकमा खबर छ ।

सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाईल प्रहरी परिसर काठमाडौलाई फिर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्