ओली–मोदीले सुरु गरेको बसको दोस्रो ट्रिप कहिले ? लिखित सहमति हुन बाँकी


 


जनकपुरधाम, जेठ १
नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरमा हरियो झन्डा देखाएका दुई बस भारतको अयोध्या पुगेर फर्किएपछि जनकपुरबाट अयोध्याका लागि बस गुडेका छैनन् ।

नियमित बससेवा सञ्चालन हुन अझै दुई महिना लाग्ने प्रदेश २ सरकारले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

नेपाल र भारतको धार्मिक तथा पौराणिक सम्बन्धलाई थप प्रगाढ बनाउन जनकपुरधाम–अयोध्या मैत्री बस सञ्चालन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसका लागि प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उनले बताए । २८ वैशाखमा जानकी मन्दिरको प्रांगणमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुरधाम–अयोध्या मैत्री बस सेवालाई हरियो झन्डा देखाएर सुरुवात गरेका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्