लेबनानबाट ४० नेपाली युवती फिर्ता
नयाँदिल्ली, भदौ २९
पश्चिम एसियाली मुलुक लेबनान पुगेर बढीमा ९ वर्षयता गैराकानुनी हैसियतमा रहेका ४० नेपाली युवतीलाई नेपाल फिर्ता पठाइएको छ । इजिष्टस्थित नेपाली दूतावासको समन्वयमा गैरकानुनी कामदारको जरिवाना शुल्क मिनाहा गर्दै घर फिर्ता गरिएका युवतीको हवाइ टिकट खर्च अन्तर्राष्ट्रिय आप्रवासन संगठनले र वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले व्यहोरेको हो।
ती ४० मध्ये श्रम स्वीकृती लिएर रोजगारीमा गएका ८ युवतीको टिकट खर्च पनि बोर्डले व्यहोरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार