प्रदेश सांसद लामिछानेको निधन


 


काठमाडौं, वैशाख ३१
प्रदेश नम्बर ३ का प्रदेश सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

मस्तिष्क घात भएर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारकै क्रममा लामिछानेको निधन भएको हो ।

उनी शनिबार मात्रै रारा क्षेत्रको भ्रमण सकेर साँझ फर्किएका थिए । उनलाई आइतबार मष्तिस्काघात भएको थियो ।

सांसद लामिछाने अस्पताल भर्ना भएपछि आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायले अस्पतालमै गएर स्वास्थ्य अवस्था बुझेका थिए ।

लामिछाने नेकपा एमाले को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट निर्वाचत भएका थिए ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्