हावाहुरी तथा वर्षाले विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति


 


काठमाडौं, वैशाख ३१
आइतबार राति देशका विभिन्न ठाउँमा आएको हावाहुरीसंगैको वर्षा तथा वर्षापछिको हावाहुरीले मानवीय तथा भौतिक क्षति भएको छ ।

देशको पश्चिम क्षेत्रमा वर्षासंगैको हावाहुरीले क्षति पुर्याएको छ भने मध्य तथा पूर्वि क्षेत्रमा वर्षापछिको बाढीले क्षति पुर्याएको छ । वर्षापछि आएको बाढीले रामेछापको मन्थलीमा एक छात्रालाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

खोलामा बगेका ६ जनाको उद्दार गरिएको छ । सकड नै अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ । बेपत्ता छात्राको स्थानीय तथा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

त्यस्तै, पश्चिममा कैलालीको गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । माघी होमस्टेमा रहेको घरको छाना उडाएर खसेको सालको बल्ली लागेर स्थानीय ५६ वर्षीय चारुमणि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै, ठाउँ ठाउँमा रुख तथा विजु्लीको पोल ढलेर सवारी आवागमनमा अवरोध पुगेको छ । सडकको अवरोध हटाउने कार्य जारी छ । हावाहुरीले बालीनालीमा पनि क्षति पुर्याएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्