मोदीको नेपाल भ्रमण लगत्तै प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै


 


काठमाडौँ, वैशाख ३१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको दुई दिनपछि प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तान आज पाकिस्तान जाँदैछन् ।

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका हुन् ।  आगामी जेठ ३ गतेसम्म भ्रमण रहने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुछन् ।प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । रासस

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्