अन्तरवार्ता दिदैगर्दा स्टुडियोबाटै समातिए विप्लव नेता, महासंघको आपत्ति


 


धनगढी, वैशाख ३०
कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदै गरेको अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता दिलबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ । नेता साउदको पत्रकार युवराज न्यौपानेले अन्तरवार्ता लिइरहेका थिए ।

निरंकुश शैलीमा प्रहरीले रेडियोको स्टुडियोमै प्रवेश गरेर नेकपाका नेतालाई पक्राउ गरेकोप्रति नेपाल पत्रकार महासंघ सात नम्बर प्रदेश समिति र महासंघ कैलाली शाखाले त्यसको भत्र्सना गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने गरेर निरंकुश शैलीमा प्रहरी रेडियोमा प्रवेश गरी धरपकड गरेको भन्दै घटनाको घोर भत्र्सना गरिन्छ महासंघको प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेपाल पत्रकार महासंघ कैलाली शाखाले प नि घटनाप्रति आपत्ति जनाएको छ । पत्रकारितासंग सम्बन्धित विभिन्न संघ–संगठनहरुले घटनाको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत पनि प्रहरीको कार्यशैलीप्रति व्यापक आलोचना भएको छ ।

पक्राउ परेका साउदलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरी निरीक्षक विनाेद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्