कुलमानले गरे अर्काे कमाल, भोलिदेखि उद्योग क्षेत्रमा पनि ‘नो लोडसेडिङ’


 


काठमाडौं, बैशाख ३०
उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि हट्ने भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उद्योग क्षेत्रमा हुँदै आएको

लोडसेडिङ भोलिदेखि अन्त्य हुने भएको छ । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने सोमबारदेखि मात्रै हुँदैछ । घिसिङले भने ‘सोमबारदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दैछ ।’

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्