मोदीका लागि काठमाडौंको ढोका सधैँ खुला, यसरी दिइयो कलात्मक साँचोसंगै थप उपहार


 


काठमाडौं, वैशाख ३०
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार एक भव्य समारोहकाबीच काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ ।

अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग गर्ने पूरानै प्रतिबद्धता जाहेर गरे ।

नेपालको खुशी नै भारतको खुशी भन्दै विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने मोदीले बताए । मोदीलाई नागरिक अभिनन्दन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कलात्मक साँचो हस्तान्तरण गरे ।

भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । प्रमुख शाक्यले उपहार स्वरूप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्यालसमेत प्रदान गरे । नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी शनिबार नै भारत फिर्ता भइसकेका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्